नियम ७३
प्राधिकरण बाहेक अरूले प्रकाश र संकेतको व्यवस्था गर्न नहुने

(१) विमानस्थल, विमानस्थल क्षेत्र र वायुयान प्रस्थान गर्ने तथा ओह्राल्ने भनी तोकिएको स्थानमा अन्य कसैले टहरा, टावर, लठ्ठा, रूख जस्ता कुनै कुरा खडा गरी वायुयान चालकलाई भ्रम पर्ने किसिमको कुनै प्रकारको प्रकाशको व्यवस्था गर्नु हुँदैन ।
(२) उपनियम (१) बमोजिम प्राधिकरणले प्रकाशको व्यवस्था गर्दा अपनाउनु पर्ने अन्य प्राविधिक शर्त बन्देज एनेक्स तथा म्यानुअलमा तोकिए बमोजिम हुनेछ ।